Aamsanchar

बिर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : ‘म चुनाव जित्छु परिणामको पर्खाइमा छु’ : पौडेल

Author Image
आइतवार, फागुन १३, २०८०

बिर्तामोड । स्वतन्त्र व्यावसायिक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका कृष्ण पौडेलले बिर्तामोडका उद्योगी व्यवसायीको मन र मत लिएर आफूले काम गर्ने बताएका छन् ।

आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले निर्वाचन जित्ने मा आफू ढुक्क रहेको बताउदै केवल नतिजाको प्रतीक्षा गरिरहेको बताएका हुन् ।
व्यावसायिक हित, संरक्षण र सुरक्षामा आफ्नो मुख्य चासो रहने बताउँदै महासचिवका उम्मेदवार पौडेलले आर्थिक संकटको विषम यो परिस्थितिमा पलायन भइरहेका व्यवसायीहरूको संरक्षणका लागि नयाँ नीति ल्याउनुपर्ने बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघको वर्तमान नेतृत्वले विस्थापित हुन लागेका र विस्थापित भइसकेका व्यवसायीसँग एकपटक पनि दोहोरो संवाद र छलफल नगरेकोप्रति असन्तुष्टि जनाएका महासचिवका उम्मेदवार पौडेलले संस्थागत सुदृढीकरणका लागि पनि महासचिवमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुपरेको उल्लेख गरे ।

चुनावी प्रचार अभियानका सिलसिलामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै महासचिवका उम्मेदवार पौडेलले हिजो नेतृत्वमा बसेर काम गर्नेहरूको कार्यक्षमता जाँच भइसकेकाले नयाँ अनुहारहरुलाई नेतृत्वमा प्राथमिकता दिने गरी उद्योगी व्यवसायी मतदाताले धारणा बनाएको दाबी गरे ।

लामो समयदेखि बिर्तामोडमा रहेर व्यापार व्यवसाय गर्दै आएका पौडेल औषधि व्यवसायी हुन् । सहकारी लगायतका विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका पौडेलको नेतृत्वमा अहिले झापाको बिर्तामोडमा नागरिक अस्पतालको निर्माण कार्य भइरहेको छ ।

स्थानीय सरकारसँग समन्वय गरी व्यवसायीका मुद्दाहरूमा बहस पैरवी गर्ने, उनीहरूको पक्षमा थप जनमत सिर्जना गर्ने र व्यापार व्यवसाय प्रवर्द्धनमा सहजीकरण गर्ने वातावरण मिलाउनु अहिलेको आवश्यकता भएको बताउँदै महासचिवका उम्मेदवार पौडेलले यसका लागि आफूलाई जिताउन अपिल पनि गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर