Aamsanchar

टोस्टमास्टर्स क्लबको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न

Author Image
सोमवार, फागुन १४, २०८०

बिर्तामोड । टोस्टमास्टर्स क्लब झापाको आयोजनामा “संकट सञ्चार” शीर्षकमा परिवर्तनकारी कार्यशाला गोष्ठी समपन्न भएको छ । हिजो ( आइतबार) विर्तामोड स्थित होटल हेवनमा कार्यशाला समपन्न भएको हो ।

क्लबकी अध्यक्ष पुष्पाञ्जली सिन्हाको अध्यक्षतामा आयोजित कार्यशालमा डीटीएम शौरभ लोहनीले सहजीकरण गरेका थिए ।

व्यवहारिक अभ्यास र वास्तविक जीवनका अध्ययनलगायतका विषयहरु कार्यशाखाका समावेश भएको अध्यक्ष सिंहाले बताइन ।

कार्यशालामा संकट सञ्चारमा स्पष्टता, सहानुभूति, र महत्वको बारेमा जोड  दिइएको थियो ।

सिद्धान्त र व्यवहारिक प्रयोगहरूलाई मिश्रण गर्दै । कार्यशालाले संकटका दौरान मानव प्रतिक्रियाहरूका मनोवैज्ञानिक पक्षहरूमा गहिराइमा जान, सञ्चार चुनौतीहरूलाई आत्मविश्वासका साथ नेभिगेट गर्ने औजारहरू सजिलो पार्न सहजकर्ताले सुझाएका थिए ।

झापा टोस्टमास्टर्स क्लबले टीएम विनीता गोयलको एक अग्रपथ परियोजना अन्तर्गत नेतृत्व गर्दै, यस कार्यक्रमलाई सुव्यवस्थित रूपमा आयोजना गरेको हो ।

कार्यक्रमममा क्षेत्र बि ४ निर्देशक डा. सन्ध्या राठीसहति करिव ५० जनाको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर