Aamsanchar

धेरैले बिर्सिएका विषे नगर्चीको नाममा राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा

Author Image
मङ्गलवार, फागुन १५, २०८०

बिर्तामोड । बिर्तामोडमा विषे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना हुने भएको छ ।
गोर्खा फाउण्डेसनले आगामी चैत्र १७ गते एक समारोहका बिच विवाद रहित, राष्ट्रसेवामा समर्पित हुँदै आएका व्यक्तित्वहरू को खोजी गरेर  सम्मान तथा पुरस्कृत गर्ने गोर्खा फाउण्डेसनका संस्थापक अध्यक्ष वीरबहादुर दर्नालले जानकारी दिए ।

आज बिर्तामोडको एक होटलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर अध्यक्ष दर्नालले सम्मान तथा पुरस्कार वितरण गर्ने घोषणा गरेका हुन ।

२०७५ सालमा स्थापना भएको फाउण्डेसनले पहिलो पटक राष्ट्रिय स्तरीय सम्मान तथा पुरस्कार वितरण गर्न लागेको फाउण्डेसनका सचिव रञ्जित परियारले बताए ।

सम्मानित व्यक्तित्व छनौट समिति बनाएर देशका विभिन्न स्थानमा रहेका र झापाका एक जना गरि दुई देखि बढिमा पाँच जना व्यक्तित्वहरूलाई सम्मान गरिने र सम्मानिहरुलाई जनही ५१ हजार राशीद्वारा पुरस्कृत गरिने संस्थापक अध्यक्ष दर्नालको भनाई छ ।

कार्यक्रम आयोजना गर्न करिव ५ लाख खर्च अनुमान गरिएको छ । आर्थिक श्रोतका लागि झापाका सबै पालिका, स्थानीय सङ्घसंस्थाहरूलाई सहआयोजक बन्न र सहकार्य गर्न अनुरोध गर्ने दर्नालले बताए ।

को हुन त विषे नगर्ची
विषे राजा पृथ्वी नारायण शाह कालीन गोरखाका नगर्ची थिए । एकीकरण अभियान शुरु गर्न खर्च नभएर बिलखवन्दमा परेका राजा पृथ्वीनारायण शाहलाई यिनले थोरै थोरै खर्चले पनि कसरी ठूलो काम गर्न सकिन्छ भन्ने कुरा उदाहरण सहित सिकाएका थिए । यस घटनाबाट प्रभावित राजा पृथ्वी नारायण शाहले विषे लाई सँधै उच्च मुल्याङ्कन गरी रहे ।
एक विलक्षण प्रतिभा, इतिहास पुरुष, अमर व्यक्तित्व, विषे नगर्ची गोरखा राज्य विस्तार गर्न सहयोग गर्ने सल्लाहकार, योजनाविद्, आर्थिक जोहो गराउन सल्लाह दिने कुशल व्यक्तित्व थिए । बुढामहाराजको काशी यात्रा गर्दा अर्थको जोहो गराउने प्रमुख सल्लाहकार पनि यिनै थिए । उतिखेरको नेपाल एकीकरणको अभियानले विषे नगर्ची, धार्ने कामी, कालू सार्की तथा मणिराम गाइने आदिको महत्त्वपूर्ण योगदान समेटेको छ । विशे नगर्चीको जन्म वि।स। १७७५ तीर गोर्खामै भएको थियो । यी गोरखा दरबारका त्यस्ता नगर्ची थिए जसको उपस्थिति दरबारको भारदारी सभा तथा कर्मचारी नियुक्ति गर्दा समेत सल्लाह सुझावको लागि हुने हुने गरेको इतिहास पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर