Aamsanchar

रेष्टुरेन्टमा आगलागी हुदाँ ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते

Author Image
शुक्रवार, फागुन १८, २०८०

ढाका । बंगलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिदा सो संख्यामा मृत्यु भएको हो ।

सरकारी सुरक्षा अधिकारीका अनुसार त्यस आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौंलाई आसपासका अस्पतालमा लगिएको थियो । बंगलादेशका स्वास्थ्यमन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको बताए ।

सहरको मुख्य बर्न्स अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने २२ जनाको अवस्था गम्भीर रहेको उनले बताए । आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको दमकल बिभागले जनाएको छ ।

डेली बंगलादेश अखबारका अनुसार आपतकालीन सेवाहरूलाई कच्चीभाइ रेस्टुरेन्टमा बोलाइएको थियो, जुन रेष्टुरेन्ट रहेको भवन सात तलाको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर