Aamsanchar

वाणिज्य सङ्घमा स्वतन्त्र ब्यवसायिक प्यानलबाट निर्वाचित पदाधिकारीद्वारा प्रतिवद्धताप्रति कटिबद्ध रहने पुनः बाचा

Author Image
शुक्रवार, फागुन १८, २०८०

बिर्तामोड । हालै सम्मपन बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा स्वतन्त्र ब्यवसायीक प्यानलको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यले आफ्नो तर्फबाट जारी गरेको प्रतिवद्धताप्रति कटिबद्ध रहने बताएका बताएका छन् ।

बिर्तामोडमा बिहीवार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै उनिहरुले स्वतन्त्र ब्यवसायीक प्यानलले जारी गरेको २९ बुँदे प्रतिवद्धता लागू गर्न बाणिज्य संघका पदाधिकारी तथा सदस्यसँग समन्वयको भुमिका निर्वाह गर्दै पहल गर्ने जनाएका हुन् ।

स्वतन्त्र ब्यवसायिक प्यानलका तर्फबाट बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, कोषाध्यक्ष युवराज निरौला, सदस्यहरु कृष्णप्रसाद बजगाई, केदार खनाल, सत्रुघनप्रसाद गुप्ता, र सुश्मा उप्रेती सुवेदी निर्वाचित भएका छन ।

बरिष्ठ उपाध्यक्षमा निर्वाचित राजकुमार घिमिरे (राजु) ले आफ्नो पहिलो एजेन्डा नै घरबहाल कर रहेको बताए । जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले आफुले ब्यवसायीका बिच गरेको प्रतिवद्धता पूरा गर्ने बताएकी छिन् । कार्यक्रममा कोषाध्यक्ष युवराज निरौलाले संघको कोषलाई चुस्त दुरुष्त राख्दै ब्यवसायीको हित कोषको लागि पहल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर