Aamsanchar

पत्रकार सहारा उपचार कोषलाई झापा गोल्डकपद्वारा एक लाख माथि रकम सहयोग

Author Image
शनिवार, फागुन १९, २०८०

झापा। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई झापा गोल्डकपले सहयोग प्रदान गरेको छ ।
‘अर्ना छैठौं झापा गोल्डकप’ उद्घाटन समारोहको अबसर पारेर शनिवार झापा गोल्डकपले १ लाख ११ हजार १११ रुपैयाँको चेक प्रदान गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र प्रमुख अतिथि सभामुख देवराज घिमिरेले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई चेक प्रदान गरेका थिए । पत्रकारहरूको उपचारका लागि स्थापना गरिएको कोषको रकम १ करोड नजिक पुगेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

गोल्ड कपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै अर्ना छैठौं गोल्डकपको प्रिइभेन्ट प्रेस मिटमा अध्यक्ष बस्नेतले उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर