Aamsanchar

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले चौथो पटक उत्कृष्ट नारी सम्मान कार्यक्रम गर्ने

Author Image
आइतवार, फागुन २०, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले १४४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापा जिल्ला उत्कृष्ट नारी सम्मान कार्यक्रम गर्ने भएको छ ।

यही फागुन २२ गते बिर्तामोडमा ५० भन्दा धेरै संघ संस्थाहरूको ऐक्यवद्धतासहित वर्ष एक जना नारीलाई वर्ष उत्कृष्ट नारी घोषणा गरि विशेष सम्मान गरिने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौलाले जानकारी दिएकी छन् ।

सन् २०२१ देखि हरेक विभिन्न फरक फरक विधामा योगदान गरेका मध्येबाट  एक जना नारीलाई  उत्कृष्ट सम्मान द्वारा सम्मान गर्दे आएको पूर्व अध्यक्ष क्लबले यस वर्ष खेल क्षेत्रमा क्रियाशील झापाली नारी मेनुका राउतलाई सम्मान गरिने अध्यक्ष सिटौलाले बताइन ।

झापा मेचीनगर नगरपालिका वडा नम्बर ७ निवासी मेनुका राउत झापा बाट पहिलो पटक एथलेटिक्स ओलम्पिक खेलमा सहभागी जनाउने नारी हुन । उनले सन् १९८८ मा ओलम्पिक खेल खेलेकी थिइन । राष्ट्रिय स्तरका ६६ वटा र अन्तर्राष्ट्रिय स्तरका १२ खेलमा उत्साह पूर्वक खेल खेलिसकेकी राउत बैकुण्ठ मानन्धर, हरि रोकाय, डम्बर कँवर सँगै महिला तर्फ अन्तर्राष्ट्रिय एथलेटिक्स खेलहरूमा सहभागी जनाई सकेकी खेलाडी हुन् ।

सम्मानित नारीलाई सम्मान पत्र, नगद प्रदान गरेर सहर परिक्रमा गराउँदै सम्मानितको घर सम्म पुर्याउने कार्यक्रम तय गरिएको बताइएको छ ।

यस अघि राजनीति, सामाजिक क्षेत्रबाट गिरीराजकुमारी प्रसाईँ, शिक्षा क्षेत्र प्रभा घिमिरे र प्राविधिक क्षेत्र पाइलट जिना लिङदेनलाई सम्मान गरिएको थियो ।

प्रथम पटक सम्मनित नारी गिरीराजकुमारी प्रसाईँको निधन भईसकेको छ । उनको स्मृतिमा छोरा विवेक केशरी प्रसाईँले नगद २ लाख रुपैयाँ सम्मान कार्यक्रमको लागि पूर्व अध्यक्ष क्लबलाई उपलब्ध गराएका छन्, उक्त रकमबाट प्राप्त व्याज र अन्य श्रोतबाट उत्कृष्ट नारी सम्मान कार्यक्रम आयोजन हुने पूर्व अध्यक्षकी महासचिव, वीरता लेडी जेसीज निवर्तमान अध्यक्ष संगीता गिरीले जानकारी दिएकी छन् ।

पत्रकार भेटघाट कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले स्वागत गरेकी थिइन ।

कार्यक्रममा पूर्व अध्यक्षहरु राधा सुब्बा, उर्मिला खरेल, पार्वता विमली, रजनी बजगाईँ, नैनकला भट्टराई, स्वस्तिका आचार्य, सुष्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर