Aamsanchar

बेरोजगारी दर १३.३ प्रतिशतले घट्यो दक्षिण कोरियामा

Author Image
सोमवार, फागुन २८, २०८०

सियोल-थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो ।

रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो बर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ । जनवरीमा एक अङ्कको वृद्धि भएपनि वेरोजगारी दरको दावी फेब्रुअरीमा पुनः तल झरेको थियो ।

गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ ।

लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेबु्रअरीमा छ लाख २५ हजार ५०० थियो । गत वर्षको फेबु्रअरीदेखि लगातार बेरोजगारी दावीमा वृद्धि हुँदै आएको छ ।

फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन ९७३१.४ मिलियन अमेरिकी डलर० पुगेको छ । सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर