Aamsanchar

गाजामा सहायताका लागि पर्खिरहेकामाथि इजरायलको आक्रमण, सातजना मारिए

Author Image
मङ्गलवार, फागुन २९, २०८०

गाजामा सहायताका लागि पर्खिरहेका सातजना इजरायली सेनाको आक्रमणमा मारिएका छन्। इजरायली सेनाले गाजा शहरको दक्षिणी भागमा कुवेत राउण्ड अबाउटमा सहायता ट्रकको लागि पर्खिरहेका प्यालेस्टिनीमाथि आक्रमण गरेको अलजजिराले जनाएको छ। आक्रमणमा २० भन्दा बढी घाइते भएका छन्।

घाइतेहरूको उपचार अल–शिफा मेडिकल कम्प्लेक्समा भइरहेको छ। यस्तै गाजामा २ हजार मेडिकल कर्मचारीले भोकमरिको सामना गरिरहेका छन्। विश्व स्वास्थ्य गंगठन (डब्ल्यूएचओका) अनुसार थोरै मात्रा सहायता गाजाको अल-शिफा अस्पतालमा पुग्न सफल भएको छ।

खाना र औषधिमा इजरायली प्रतिबन्धले गाजामा भोकमरी र अनिकाल निम्त्याएको छ। भोकमरीकै कारण २५ प्यालेस्टिनी नागरिकको ज्यान गइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर