Aamsanchar

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित

Author Image
मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं – राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतविभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

दाहाललाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्तुत प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १७ मत खस्यो। मत विभाजन प्रक्रियामा ५६ सदस्य उपस्थित थिए ।

राष्ट्रियसभाको नयाँ अध्यक्षमा निर्वाचित दाहाल माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्। दुई वर्षअघि राष्ट्रपतिबाट मनोनीत भएका उनको कार्यकाल चार वर्ष बाँकी रहेकाले उनले आगामी चार वर्ष राष्ट्रियसभाको नेतृत्व गर्नेछन्।

माओवादी स्थायी समिति सदस्यसमेत रहेका दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएसँगै माओवादीबाटै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिँदै छिन्। नयाँ सत्ता गठबन्धनमा भएको सहमति अनुसार राष्ट्रियसभाको उपाध्यक्ष एमालेले पाउनेछ।

को हुन् नवनिर्वाचित अध्यक्ष दाहाल ?

राष्ट्रियसभा अध्यक्षका नवनिर्वाचित अध्यक्ष दाहाल प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ९नाता पर्ने० भाइ हुन्। उनी अहिले माओवादी केन्द्रको स्थायी समिति सदस्य छन्।

प्रचण्डका भाइ भएकैले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाइएको भन्दै पार्टीमा उनको आलोचना पनि भएको छ भने पार्टीका कतिपय पदाधिकारीहरू नै असन्तुष्ट छन्।

दाहालको लामो राजनीतिक इतिहास छ। उनको वि।सं। २०२७ देखि विद्यार्थी राजनीतिक आन्दोलनमा सक्रिय रहेका भएर राजनीति सुरु गरेका थिए। ०३१ सालबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

दाहाल १० वर्षे जनयुद्धको क्रममा सक्रिय रुपमा भूमिका पुरा गर्दै जनआन्दोलनपछि व्यवस्थापिका सांसद, ०६४ मा संविधानसभा सदस्य बनिसकेका छन्। अहिले राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रियसभा सदस्यका रुपमा भूमिका निर्वाह गर्दै आएका उनी मंगलबार अध्यक्ष चुनिएका हुन्।

दाहाललाई इमानदार, कर्मशील र शालीन व्यक्तित्वका रुपमा पार्टीका नेताहरूले चिन्छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर