Aamsanchar

आवासीय भवन भत्किँदा पाकिस्तानमा ९ जनाको मृ*त्यु, २ जना गम्भीर घाइते

Author Image
मङ्गलवार, फागुन २९, २०८०

स्लामावाद – पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएका छन्।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए। मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उनले बताए ।

 

भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर