लाइन्स क्लब अफ सुरुङ्गाको आयोजना तथा इलाका प्रहरी कार्यालय सुरुङ्गाको सह–आयोजनमा कनकाईको वडा नं. १ देखि ७ सम्मका विद्यालयका विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण दिइएको हो । कार्यक्रममा करिब तीन सय जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा.श्रद्दा भण्डारीले मनोपरमर्श, डा विरेन्द्र यादवले क्यान्सर सम्बन्धी र इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराईले सामाजिक अपराध र लागुऔषध सम्बन्धी सचेतनामूलक प्रस्तुति प्रदान गर्नु भएको थियो ।
क्लबको सभाहलमा आयोजित उक्त कार्यक्रममा कनकाई मावि, सरस्वती मावि, भृकुटी मावि, चम्पापुर मावि, हरिकुल अंग्रेजी मावि लगायत एक दर्जन विद्यालयका छात्र, छात्रा, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यावक तथा शिक्षक–शिक्षिका, लाइन्सका प्रमुख तथा सदस्य र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन क्ल्वका पुर्व अध्यक्ष मनोज बस्नेतले गर्नुभएको थियो ।