कनकाई । झापाको कनकाई नगरपालिका एक दर्जन विद्यालयका छात्रछात्रालाई समेतनामूलक प्रशिक्षण दिइएको छ ।

लाइन्स क्लब अफ सुरुङ्गाको आयोजना तथा इलाका प्रहरी कार्यालय सुरुङ्गाको सह–आयोजनमा कनकाईको वडा नं. १ देखि ७ सम्मका विद्यालयका विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण दिइएको हो । कार्यक्रममा करिब तीन सय जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा.श्रद्दा भण्डारीले मनोपरमर्श, डा विरेन्द्र यादवले क्यान्सर सम्बन्धी र इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराईले सामाजिक अपराध र लागुऔषध सम्बन्धी सचेतनामूलक प्रस्तुति प्रदान गर्नु भएको थियो ।
लायन्स क्लब सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि लायन्स डिस्ट्रिक गभर्नर विकास अधिकारी, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, राष्टिय अनुसन्धानका उप–निर्देशक, लायन्स डिस्ट्रिक भाइस गभर्नर लिला चिमरिया हुनुहुन्थ्यो । कार्यक्रममा विशेष अतिथिका रुपमा प्रनाउ सुरज कार्कीलगायतको हुनुहुन्थ्यो ।






