

काठमाडौं –नयाँ सत्ता गठबन्धन बनेसँगै संकटमा परेको प्रदेश सरकार जोगाउन नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ ।

बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कोसी प्रदेश सरकार कसरी जोगाउने भन्ने बारेमा छलफल गरिएको एक नेताले जानकारी दिए ।

देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक र कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 53