Aamsanchar

बिर्तामोडमा २४ वटा सटर भत्काएर बनाइयो एउटा स्टोर, आज भयो उद्घाटन

Author Image
बिहिवार, चैत १, २०८०

बिर्तामोड । नेपालमा व्यवसाय गर्न सकिदैन, आर्थिक मन्दीले अहिले त व्यवसायमा लगानी गर्न पनि जोखिम छ भनेर  व्यवसायीहरू बिच हुने गरेको चर्चा विपरित आफ्नै ठाउँमा केही गर्न सके आर्थिक सबल बन्न प्रचुर सम्भावना छ भनेर झापा बाह्रदशी गाउपालिका राजगढका चाँद महम्मद हुसेनले  झापाको बिर्तामोड स्थित विशाल बजार भित्र एभरेष्ट फेसन एण्ड फ्रेस स्टोर सञ्चालनमा ल्याएका छन् ।

आज एक कार्यक्रमका बिच उक्त व्यवसायिक प्रतिष्ठानको उद्घाटन गरिएको हो । बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईँले उद्घाटन गरेको स्टोर भाटभटेनी पछि धेरै सामान एकै ठाउँमा पाउने स्टोर रहेको सञ्चालक चाँदको दावी छ ।

१८ वर्ष दुबईमा काम गरेर नेपाल फर्किएका चाँदले यस अघि राजगढमा दुईवटा डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएका छन् भने बिर्तामोडको तेस्रो शाखा बनेको स्टोर स्थापना गर्न २४ वटा सटरहरू भत्काएर दुई तलाको स्टोर बनाइको हो ।

स्टोरहरू सञ्चालनको लागि ५ करोड लगानी भई सकेको बताउँने सञ्चालक चाँदले बिर्तामोडको स्टोरको क्षेत्र अझै विस्तार गर्ने योजना रहेको आमसंचारलाई बताए ।

स्टोरमा दैनिक उपभोग्य, खाद्यन्नलगायतका बस्तु, रेडिमेट कपडा, जुत्ता चप्पल, भाडा वर्तन लगायत सयौँ सामानहरू बिक्रीका लागि राखिएको छ । सुलभ मूल्य, धेरै बिक्री भन्ने सोचका साथ सञ्चालनमा आएको बिर्तामोड स्टोरमा विभिन्न विदेशी तथा स्वदेशी ब्रान्डका सामानहरू बिक्रीका लागि राखिएको छ ।

निशुल्क सामान ढुवानी सेवा समेत उपलब्ध गराउने सञ्चालक चाँदले बताए । उनले भने ‘हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आगामी दिनमा अन्य शहरहरूमा पनि शाखा विस्तार गर्ने लक्ष्य रहेको छ ।’
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपाने, अतिथि महासचिव कुशल खतिवडा र उपाध्यक्ष विशाल थापा, सामाजिक व्यक्तित्व प्रेमबहादुर घिमिरेलगायतको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१