Aamsanchar

गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइने

Author Image
शुक्रवार, चैत २, २०८०

काठमाडौँ –कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइने भएको छ । पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल ल्याइने लागिएको हो ।
कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको थियो ।

मृतक तिनै जना पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव पोष्टमार्टमका लागि फरवानिया हस्पिटलमा राखिएको र पोष्टमार्टमपछि शवहरू नेपाल पठाइने दूतावासले जनाएको छ ।

उक्त घटनाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले समेत जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावाससँग मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।

मन्त्री अर्यालले मृतकको शव नेपाल ल्याउन दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन समेत दिए । मृतक श्रमिकको परिवारले पाउने राहत प्रक्रिया समेत अघि बढाउन भनेका हुन् ।

बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै मृत्यु भएको कुवेती प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राती महाबुल्लास्थित साथी सुरतलाई भेट्न गएका थिए । मंगरबार बिहान रूम फर्किने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर