Aamsanchar

कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

Author Image
शुक्रवार, चैत २, २०८०

काठमाडौं –नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद प्रदीप पौडेलले राजीनामा दिन आग्रह गरे ।

“उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस,” उनले भने । पौडेलले आफूमाथि प्रश्न बोकेर गृहमन्त्री बन्न नहुने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्नको जवाफ नदिएर भागी हिँडेको आरोप लगाए । प्रधानमन्त्रीले लामिछानेलाई मन्त्री बनाउन नहुने उनको भनाइ छ । “अहिलेका गृहमन्त्री प्रश्न गर्ने पेसाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ भन्न मिल्दैन । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहँदैनथ्यो,” उनले भने, “सम्माननीय प्रधानमन्त्रीले उहाँलाई गृहमन्त्री बनाउनु हुँदैनथ्यो ।”

उनले ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ताको माग अनुसन्धानको घेराभित्र रहेको मानिसले पूरा गर्न नसक्ने बताए । “अनुसन्धानको मुख्य घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ?,” उनको प्रश्न छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर