Aamsanchar

देशका विभिन्न स्थानबाट २१ जना जुवाडे पक्राउ

Author Image
शुक्रवार, चैत २, २०८०

काठमाडौं । देशको विभिन्न स्थानबाटजुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् । काठमाडौंटोखा नगरपालिका-९ लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संखुवासभा धर्मदेवी नगरपालिका-६ घर भएका ५० वर्षीय तुलाराम निरौला समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ५० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

झापाको शिवसताक्षी नगरपालिका-१० स्थित रतुवामाई वृक्षारोपण आयोजनाको चौकिदार बस्ने भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय राजेन्द्र कुमार पदालुङ समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-४ देविथानस्थित न्यू देविथान होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा धनकुटा महालक्ष्मी नगरपालिका-१ बस्ने ३३ वर्षीय गंगा बहादुर कटुवाल समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित रोहित होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका-५ बस्ने ४१ वर्षीय कालुराम चौधरी समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय ८५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर