Aamsanchar

घोराहीमा सयौँ अभिभावकलाई मोटिभेसन तालिम दिइयो 

Author Image
शनिवार, चैत ३, २०८०


दाङ । ज्योतिपुञ्ज एजुकेशन ग्रुपको आयोजनामा आज शनिवार घोराहीमा अभिभावकहरु का लागि वृहत अभिभावक मोटिभेसन कार्यक्रम गरिएको छ । ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङलिस स्कुल रामपुरका अभिभावकहरु का लागि मोटिभेसन कार्यक्रम गरिएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सभा हलमा भएको कार्यक्रममा प्रतिष्ठित मोटिभेटर राजु घलेले दुवै विद्यालयका अभिभावहरूलाई मोटिभेसन गराउनु भएको थियो । अर्न्तराष्ट्रिय रुपमा प्रतिष्ठित मोटिभेटर घलेले जीवनलाई सहज र सन्तुष्ट बनाउने विधि, जीवनमा डरबाट मुक्त हुने तरिका, मान्छेमा आन्तरिक मनोबल बढाउने उपाय, साना साना कुराले पनि किन हाम्रो चित्त दुख्ने प्रबृतिको अन्त्य गर्ने विधि, रिसलाई नियन्त्रण गर्ने उपाय, सफल व्यक्ति बन्ने आधारहरू,  बालबालिकामा गलत खानपान र संगत  छुट्टाउने तरिका, बालबालिकाहरूलाई संस्कारित बनाउन अभिभावहरूले खेल्नुपर्ने भूमिका, बालबालिकाहरूमा मोबाइल फोनको अधिक प्रयोगलाई नियन्त्रण गराउने उपाय लगायतका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज थपलियाको अध्यक्षतामा एंव ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल राप्ती क्षेत्रका क्षेत्रीय प्रमुख राजयोगीनी बालब्रह्मचारिणी ब्रह्मकुमारी आदरणीय गीता दिदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ज्योतिपुञ्ज एजुकेशन ग्रुपका अध्यक्ष हेमराज शर्माले ग्रुपद्वारा सञ्चालित दुई वटै विद्यालयका विद्यमान कार्यक्रम र भावी रणनीतिका बारेमा अभिभावहरूलाई जानकारी गराउनु भएको थियो ।

ज्योतिपुञ्ज मोडेल इङलिस स्कुल रामपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुरुप्रसाद खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण ज्योतिपुञ्ज एजुकेशन ग्रुपका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले गर्नु भएको थियो । अभिभावकको बोलीबचन र असल व्यवहारसँग छोराछोरीहरूको संस्कार जोडिन्छ र त्यही संस्कारले उनीहरूको भविष्य समेत निर्धारण गर्ने भएकाले अभिभावकहरूमा पनि सुधार गर्नुपर्ने धेरै पक्षहरूबारे जानकारी गराउन विगतका वर्षदेखि नै अभिभावहरूलाई मोटिभेशन कार्यक्रम दिन थालिएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर