Aamsanchar

मोटरसाइकल चोरीमा संलग्न बिर्तामोडका एक व्यक्ति पक्राउ

Author Image
मङ्गलवार, चैत ६, २०८०

प्रतिकात्मक तस्वीर ।

झापा । झापाको बिर्तामोड नगरपालिका– ४ मुनाल टोल स्थितबाट मोटरसाईकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो ३ बजे स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको १६० सिसि पल्सर कालो निलो कलरको मे. ८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका- ५ का २७ बर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाईकल सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको बिर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर