Aamsanchar

गृहमन्त्री लामिछानेले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिए यस्तो निर्देशन

Author Image
बिहिवार, चैत ८, २०८०

काठमाडौँ-उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको भरोसा बनेर काम गर्न निर्देशन दिनुभएको छ। गृहमन्त्री स्तरीय निर्णयका आधारमा मन्त्रालयले बिहीबार ७७ जिल्लाका प्रजिअलाई निर्देशन पठाउनुभएको हो।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीले नेपाल सरकारको प्रतिनिधिको रूपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरणका साथै नागरिकको भरोसा अभिवृद्धि गर्न विभिन्न कार्य सम्पादन गर्न वा गराउन निर्देशन दिनुभएको हो।

गृह मन्त्रालयले पठाएको निर्देशनमा भनिएको छ, ‘‘स्थानीय प्रशासनलाई प्रचलित कानुनले प्रदान गरेका जिम्मेवारी पूरा गर्न तथा सुशासन, सेवा प्रवाह र विकास निर्माणमा समन्वय र सहजीकरण गर्ने उद्देश्यले सकारात्मक सोचका साथ प्रमुख जिल्ला अधिकारीले नेपाल सरकारको प्रतिनिधिको रूपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन,नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमासक्रिय भूमिका निर्वाह गरी सरकार प्रति नागरिकको भरोसा अभिवृद्धि गर्न देहायबमोजिम कार्य सम्पादन गर्नु गराउनुहुन उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयअनुसार अनुरोध गर्दछु।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर