Aamsanchar

मौका मिलेको अवस्थामा राज्य प्रणाली र संविधान नै परिवर्तन गछौं : लिङ्देन

Author Image
शुक्रवार, चैत ९, २०८०

राजविराज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मान्यताहरू उल्लेख नभएको संविधान नमान्ने बताएका छन् । आगामी चैत २७ गते राजधानी केन्द्रित प्रदर्शन र आन्दोलनको तयारीस्वरूप मधेश भ्रमणका क्रममा रहेका अध्यक्ष लिङ्देनले शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

‘संविधानमा हाम्रा मान्यताहरू उल्लेख नभएकाले मान्दैनौं, स्वीकार्दैनौं,´अध्यक्ष लिङ्देनले भने,‘मौका मिलेको अवस्थामा राज्य प्रणाली र संविधान नै परिवर्तन गछौं ।’ देशले पुनः विद्रोहको बाटो व्यहोर्नु नसक्ने भएकाले मात्र संविधानसँग सहकार्य गरी आफ्नो मान्यता स्थापित गर्न लागिरहेको उनले बताए ।

संघीयतालाई संस्थागत गर्न अग्रणी योगदान गरेको मधेसले गणतन्त्रबाट उपलब्धि नपाएको बरु संघीयताका कारण प्रताडित बनेको उनको टिप्पणी थियो । हिन्दुत्वको भावना बलियो रहेको मधेशले धर्मनिरपेक्षता घोषणाका कारण हिन्दुत्वमा संकट पैदा भएको बुझ्न थालेको र मियोका रूपमा राजतन्त्रको आवश्यक्ता महशुस गरेको उनले बताए । मिटरव्याज, सहकारी, लघुबित्त, बैंक र बित्तिय संस्थाबाट मधेश पीडित रहेको र भ्रष्टाचार, बेरोजगारी बढेको उनको विश्लेषण थियो ।

 

गठबन्धनलाई स्वार्थको गठजोड बताएका लिङ्देनले सत्तालाई स्वार्थअनुकूल रक्षकवचका रूपमा प्रयोग गर्ने प्रधानमन्त्री नै अस्थिरतातर्फ गएपछि राप्रपा सत्तामा सामेल नभएको बताए । उनले सरकार प्राथमिकताको विषय नरहेको तर प्रदेश सरकार गठनमा गणितिय हिसाबले राप्रपाको अनिवार्यता देखिए छलफल गर्न सकिने बताए । त्यस्का लागि कतैबाट औपचारिक प्रस्ताव भने नआएको उनले बताए ।

सहकारी ठगी मामिलामा नाम जोडेर गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भइरहेको सन्दर्भमा उनले भने,´जिम्मेवारीमा बसेकामाथि लिखित वा अलिखित प्रश्न उठेपछि जवाफ दिनुपर्छ र सफाइ पेश गर्नुपर्छ ।”
राजनीति र राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा बढेको भन्दै छवि सुधार गर्ने जिम्मा पनि राजनीतिक दलहरूकै भएको उनले बताए । आफूहरूले राष्ट्रियता, सुशासन, विकास र सेवाप्रवाहलाई केन्द्रमा राखेर काम गर्न चाहेको भन्दै उनले थपे ,`मौका पाएमा भ्रष्टाचारीमाथि डोजर चलाउने छौं |`

´मधेस सुन्ने र आफ्नो कुरा भन्नेु अभियानका साथ चैत ५ गतेदेखि लिङ्देन र बरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रको टोली विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रमका साथ मधेसका जिल्ला भ्रमणमा छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर