Aamsanchar

व्यावसायिक सुपारी खेतीप्रति इलामका किसानकाे आकर्षण

Author Image
शुक्रवार, चैत ९, २०८०

इलाम – इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका झन्डै ७० घरका किसानले व्यावसायिकरूपमा सुपारी खेती गर्दै आएका छन् ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित हुन थालेका हुन् । उनीहरूले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका छन् । सुपारीसँगै अरू बाली पनि लगाउन सकिने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेका स्थानीय तीर्थ साउदेनले बताउनुभयो ।

यस वर्ष इलाममा छ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिनुभयो । इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताउनुभयो । एउटै किसानले पाँच हजार बोटसम्म सुपारी लगाउने गरेका छन् । उनीहरूले एकै बोटबाट ५० किलोसम्म सुपारी उत्पादन गरेर किलोको ५० रुपैयाँमा बेच्ने गरेको बताएका छन् ।

इलामको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर