Aamsanchar

हाेलीमा छाला, आँखा र कपालकाे स्याहार कसरी गर्ने ?

Author Image
आइतवार, चैत ११, २०८०

होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ ।

यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा पनि फरक नपरोस् ।

होली खेल्नुअघि

मोइस्चराइजर : छाला देखिने भागमा अनुहार, हात र गर्दनमा पर्याप्त मात्रामा मोइस्चराइजर लगाउन सकिन्छ । यसले एक अवरोध पैदा गर्छ र अनुहारको छालामा दाग बस्न दिंदैन ।

यस्तोमा अल्कोहल भएका मोइस्चराइजर लगाउनु हुँदैन । जहिले पनि भिटामिन ई र सी भएको मोइसचराइजर लगाउनुपर्छ ।

तेलको प्रयोग : लगाउनु छालासँगै कपालको पनि सुरक्षा गर्नुपर्छ । कपालमा रंग बस्न नदिन तेल लगाउनुपर्छ । तेल लगाएको कपालमा नुहाएपछि रंग पनि सबै जान्छ ।

सनस्क्रिन : होलीको समयमा घरबाहिर उत्सव वा समारोहमा बस्दा घामबाट बच्न एसपीएफ बढी भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । घाममा जानु १५ मिनेटअघिबाट अगाडि सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

सनस्क्रिनको प्रयोग गर्दा अनुहार र घाँटीमा एक चिया चम्चा अर्थात् तीनदेखि पाँच ग्राम सनस्क्रिन लगाएर घाममा जानु उपयुक्त हुन्छ ।

कपडा : यो समयमा कपडा लगाउँदा आरामदायक र सहज खालको लगाउनुपर्छ । घामले हात डढ्न सक्ने हुँदा छोपिने लुगा लगाउनुपर्छ ।

आँखाको सुरक्षा : आँखामा रंग पर्न नदिन कालो र मोटो चश्मा लगाउन सकिन्छ । रंग खेल्दा कन्ट्याक लेन्स भने लगाउन हुँदैन ।

नङ: होलीमा रंग एकअर्कामा लगाउँदा नङले लागेर छालामा गाडिन सक्छ । त्यसकारण सकिन्छ भने नङ काट्दा उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर