Aamsanchar

बिर्तामोडका ४४ संस्थाद्वारा इलाका प्रमुख कार्कीलाई सम्मान सहित बिदाइ 

Author Image
मङ्गलवार, चैत १३, २०८०

बिर्तामोड । नेपाल प्रहरीको नियमित सरुवा अन्तरगत सरुवा भई नुवाकोट जिल्ला प्रहरी कार्यालय जान लागेका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई बिर्तामोडका ४४ वटा सङ्घसंस्थाले संयुक्त रुपमा बिदाई तथा सम्मान गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा आज मंगलबार वाणिज्य संघको सभाहलमा आयोजित बिदाई समारोहमा डीएसपी कार्कीलाई खदा, माला, दोसल्ला सहित पहिर्याएर  सम्मान पत्र द्वारा सम्मान गरिएको हो ।

बिर्तामोड स्थित इलाका प्रहरी कार्यलयमा १४ महिना सम्म कार्यरत रहँदा डीएसपी कार्कीले अपराध अनुसन्धानमा प्राप्त गरेको सफलता, विभिन्न आन्दोलनलाई शान्तिपूर्ण बनाउन र स्थानीय संघसंस्थाहरू सँगको समन्वयात्मक भूमिका रचनात्मक रहेको भन्दै संस्थाहरूले कार्कीलाई सम्मान गरेका हुन ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी को अध्यक्षतामा आयोजित बिदाई समारोहमा स्वागत पूर्व अध्यक्ष बलराम कार्कीले गरेका थिए ।

कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रिय उपाध्यक्ष भोजराज सिटौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापा गोल्डकप अध्यक्ष बिनोद बस्नेत, वीरता लेडी जेसीज निवर्तमान अध्यक्ष संगीता गिरी, महिला उद्यमी संघ झापा अध्यक्ष पार्वता विमली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन वाणिज्य संघका निर्वाचित महासचिव कुशल खतिवडाले गरेका थिए ।

बिर्तामोडका यि संघ संस्थाहरूले बिर्तामोडमा रहेर कुशल कार्यसम्पादन गर्ने इलाका प्रहरी कार्यालय  प्रमुख, जिल्ला ट्राफिक प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई विगत १ दशक देखि फेरी भेटौला (बिदाइ) कार्यक्रम गरेर बिदाई तथा स्वागत कार्यक्रम गर्दे आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर