Aamsanchar

झापाका किसान चैते धानखेतीतर्फ आकर्षित, कति पुग्याे मुल्य ?

Author Image
बुधवार, चैत १४, २०८०

झापा – मूल्यवृद्धि भएसँगै झापाका किसान चैते धानखेतीतर्फ आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टलएक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो।

जिल्लामा विगतमा तीन हजार २५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार २५० रुपैयाँ प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए।

सूचना अधिकारी भण्डारीका अनुसार लागत कम र बढी मूल्य पाउन थालेपछि यो वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन्। जिल्लामा आर्थिक वर्ष २०७९/८० मा १९ हजार ८५० हेक्टर क्षेत्रफलमा चैत धान लगाइएकामा यो वर्ष बढ्ने केन्द्रले जनाएको छ। कन्काई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गरेसँगै चैते धानप्रति किसानको आकर्षण बढेको हो।

कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो। शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागू भएको छ।

‘विगतमा ४० देखि ५० केजी धानको बीउ लाग्ने ठाउँमा प्रविधिको प्रयोग गर्दा अहिले २० केजी बीउले पुग्यो’, सूचना अधिकारी भण्डारीले भने, ‘एकातिर बीउमा खर्च घट्यो अर्कातर्फ मेसिनको प्रयोगले समय र श्रमिकको लागत पनि कम भयो। यसको प्रत्यक्ष लाभ किसानले पाउँछन्।’

कृषि मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९र८० झापामा बर्खाको समयमा ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो। कृषि ज्ञान केन्द्रका अनुसार आव २०७९र८० मा झापा जिल्ला चैते धान १९ हजार ८५० हेक्टर क्षेत्रफलमा लगाइएकोमा एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर