Aamsanchar

“दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ

Author Image
बुधवार, चैत १४, २०८०

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा मोरङको बेलबारी नगरपालिकाको सभाहलमा उक्त कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रममा प्रमुख अतिथि खापुङले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने प्रमुख अतिथि खापुङ तथा उक्त कार्यक्रमका अध्यक्ष बेलबारी नगरपालिकाकी उप-प्रमुख नितु थापा कोईरालाले “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको औपचारिकरुपमा शुभारम्भ गर्नु भएको थियो ।

शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रमुख अतिथि खापुङले लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरी कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको वताउनु भयो । वालबालिकाहरुसंग आमाहरुले वढी समय दिनुका साथै उनिहरुको वानी व्यहोराको समेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोरा छोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा वानी व्यहोरामा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले आमा हरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको तथा यो कार्यक्रमले लागू औषध दुर्व्यसनीबाट हुने अपराध न्यूनिकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने वताउनु भयो ।

यो अभियान आजैका मितिबाट कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा लागु गरिने छ भने स्थानिय स्कुल कलेजका विधार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका वासिन्दा, लागू औषध सेवन कर्ता, अन्तराष्ट्रिय सिमानासँग जोडिएका बस्तीका वासिन्दाहरु, लागुऔषध प्रभावित स्थानिय तह हरूमा नेपाल प्रहरीले स्थानिय निकायका बिभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी निरन्तररुपमा संचालन गर्ने छन ।

कार्यक्रमका अध्यक्ष बेलबारी नगरपालिकाकी उप-प्रमुख नितु थापा कोईरालाले नेपाल प्रहरीले युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन शुभारम्भ गरेको “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रममा स्थानिय तहको सदैव साथ र सहयोग रहने बताउनु भयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक नवराज कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले लागुऔषध दुर्वसनी विरुद्धको सचेतना सम्वन्धि प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, महिला प्रतिनिधिहरु संचारकर्मी, विभिन्न संघ संस्था आवद्ध आमा समुह, लागु औषध दुर्व्यसनी विरूद्ध सुधार गृहका प्रतिनिधि, स्थानिय बुद्धिजिवि, व्यवसायी तथा स्थाननियवासीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर