Aamsanchar

झापाका महेन्द्रकुमार गिरीसहित पाँच जना सम्मानित

Author Image
बुधवार, चैत २१, २०८०

बिर्तामोड ।  गोर्खा फाउण्डेसन झापाद्वारा स्थापित ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट झापाका महेन्द्रकुमार गिरीसहित पाँच जना सम्मानित भएका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विश्वेश्वर नौबाग अर्थात विशे नगर्चीको योगदानलाई स्मरण गर्दै स्मृतिमा स्थापना गरेको ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान सामाजिक अभियन्ता तथा सहकारीकर्मी गिरीसहित पाँच जनालाई प्रदान गरेको हो ।

फाउण्डेसनले बुधवार (आज) बिर्तामोडमा एक समारोहका बिच पाँचै जनालाई सम्मान गरेको थियो । सम्मानित हुनेहरूमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, पूर्व प्रमुख जिल्ला अधिकारी सीता परियार र नेपालबाट पहिलो पटक अन्टार्कटिका महादेश पुगेका भुवनसिंह विश्वकर्मा रहेका छन् ।

नगद ५१ हजार पुरस्कार राशीसहित उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेतले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । उनीहरूले देश र समाजलाई पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गोर्खा फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनका अध्यक्ष वीरबहादुर दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेसनका महासचिव रञ्जित परियारले स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र कलाकार राजेश घतानीले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर