Aamsanchar

मेचीनगरका  १४ वर्षीय बालक प्रनित चिठ्ठी लेखेर बेपत्ता, खोजीदिन बुवाआमाको अपील 

Author Image
शुक्रवार, चैत २३, २०८०

मेचीनगर । झापा मेचीनगर–१४ निवासी १४ वर्षीय बालक प्रनित (कुमार) शिवाकोटी हराएपछी खोजीदिन अभिभावकद्वय बुवाआमा गोपाल–सीता शिवाकोटीले आग्रह गरेका छन् ।

हिजो चैत २२ गते प्रनित (कुमार) ले मलाई नखोजिदिनु, म छोरा हुन लायक भइन, म हराए भनेर नरुनु भनी चिठी छोडेर बेपत्ता भएकाले अभिभावकले खोजिदिन आग्रह गरेका हुन् । उनले चिट्ठी लेखेर घरको किचन कोठामा पाएपछि हजुरबुवा टंकप्रसाद शिवाकोटीले प्रहरी चौकी चारआलीमा खोजीदिन निवेदन गरेका थिए ।

प्रनिक संस्कृतका विद्यार्थी हुन् । भारतको करसङमा कक्षा ४ सम्म अंग्रेजी माध्यमसम्म पढेपछि संस्कृत बिद्याप्रती रुचि भएकै कारण अभिभावकले ४ वर्षयता नेपालको संस्कृत विद्यालयबाट पठनपाठन गराउँदै आएका थिए ।

आमा सीता हाटबजारमा सब्जी पसल गरेर गुजारा चलाउदै आएकी छिन् भने र बुवा गोपाल छोराको शिक्षासहित पालनपोषणका लागि स्थानीय मख्खन चामल मिलमा मजदुरबाट अर्थको जोह गर्दैआएका छन् । परिवारको एकलो छोरा भएकै कारण आगामी शैक्षिकशत्रदेखि घरबाटै विद्यालय पठाउने योजना बनाएका थिए यी दाम्पतीले । तर, अचानक छोरोले चिठ्ठी लेखेर बेपत्ता भएपछि दम्पतीको योजनानै संकटमा पर्यो । प्रनित हराएको बारेमा आफन्त–छिमेकी र उसका साथीभाई सबैलाई सोधपुछ गरिसकेको तर, हालसम्म फेला नपरेको बुवा कुमारको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर