Aamsanchar

नेपाल आइडल बिजेता ओड माथी बलात्कार मुद्दा

Author Image
शुक्रवार, चैत २३, २०८०

?

काठमाडौं । नेपाल आइडल बिजेता गायक रवी ओड बिरूद्द पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

गायक ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन् । पत्नीले अप्राकृतिक र असहज तरिकाले निरन्तर आफूलाई बलात्कार गर्ने गरेको भन्दै गम्भिर आरोप लगाएकी छन् ।

सो पक्राउ पुर्जी जारी भएसँगै गायक ओड भने फरार छन् । सो घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर