Aamsanchar

झापा अर्जुनधारा की केशवतीको स्वास्थ्य अवस्था जटिल, आर्थिक सहयोग गरिदिन बचाउ अभियान को अपील 

Author Image
शनिवार, चैत २४, २०८०

चारपाने । झापाको अर्जुनधारा नगरपालिका ५ फूलबारीमा बस्तै आएकी ३० वर्षीय केशवती राजवंशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी सँगै उनको परिवार आर्थिक सङ्कटका कारण बिचल्लीमा परेको छ ।

आर्थिक रुपमा अत्यन्तै कमजोर त्यसमा पनि विहान वेलुुकाको घर चलाउन आफै जुटनु पर्ने केशवती दुई वटै मृगौला खराब भएर आसक्त भएपछि केशवती र उनी लाई आश्रय दिदै आएकी दिदी राजवती राजवंशी यतिबेला केशवतीको स्वास्थ्य अवस्थालाई दिएर चिन्तित बनेका छन् ।

श्रीमानले छोडेपनि केशवती राजवंशीले हरेस खाइनन् । आफू र आफ्नी छोरीको भविष्यका लागि संघर्ष गर्न उनी दुबई गइन् । तर, भाग्यले साथ दिएन । ३० वर्षकै उमेरमा केशवतीको दुबै मिर्गौला बिग्रिएपछि उनको सपना चकनाचुर भयो । अहिले उनीसँग न खानेबस्ने व्यवस्था छ न उपचार खर्च । माइतमा आश्रय लिइरहेकी केशवती अहिले ठूलो समस्याबाट गुज्रिरहेकी छन् ।

दिदीसँग मिर्गौलापीडित केशवती
उनी तीन वर्ष अगाडि दुबई गएकी थिइन् । रेष्टुरेन्टमा काम पाएकी उनको कमाई राम्रै थियो । त्यही आम्दानीले उनले आफ्नो खर्चसँगै छोरीको पालनपोषण र पढाउने काम गर्दै आएकी थिइन् । तर, तीन महिनाअघि दुबईमै रहँदा उनलाई मिर्गौलाको समस्या देखियो । अहिले बिर्तामोडको मनमोहन अस्पतालमा उनले डाइलाइसिस गराइरहेकी छन् । विदेशबाट कमाएको करिव पाँच लाख उनले नोबेल , बीएण्डसी , मनमोहन अस्पतालमा खर्च गरिसकेकी छन् । थप र निरन्तर उपचारका लागि उनलाई समस्या भएको हो । ‘म बाँच्न चाहन्छु , मलाई सबैले सहयोग गरेर बचाइदिनु पर्यो ’ उनले अपिल गरेकी छन् । मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिरहेकी केशवतीले त्यसका लागि सहयोग गरिदिन अपिल गरेकी हुन् ।

केशवतीको दुःख देखेर अर्जुनधारा ५ का स्थानीयले केशवती राजवंशी बचाउ अभियान शुरु गरेका छन् । ताराप्रसाद बरालको संयोजकत्वमा २७ सदस्यीय समिति गठन गरी आर्थिक संकलन शुरु गरिएको हो । गठन भएकै दिन आर्थिक संकलन शुरु भइसकेको छ । समस्यामा परेकी केशवतीलाई बचाउन आफूहरूले सञ्चालन गरेको अभियानलाई सहयोग गरिदिन संयोजक बरालले आग्रह गरेका छन् । उनले सहयोग गर्न चाहने मनकारी सहयोगहीरुलाई पीडित केशवती राजवंशीको नेपाल बैंक लिमिटेडको बिर्तामोड शाखामा रहेको खाता नं. ०८८१०८०७६४६५७७०००००१ मा सहयोग गरिदिन आग्रह गरेका हुन् । केशवतीको बारेमा थप बुझ्न परेमा ९८४२६९९८७४ /९७०६११७९८७ मा फोन गर्न सकिने बरालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर