Aamsanchar

बिर्तामोडमा राम कथा वाचन हुने, वाचन का लागि सुश्री संगीता किशोरी आउने

Author Image
आइतवार, चैत २५, २०८०

बिर्तामोड । राम नवमीको अवसरमा झापा बिर्तामोडमा रहेको अग्रसेन भवनमा श्री राम कथा वाचन हुने भएको छ । चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म कथा वाचन हुन लागेको हो ।

पहिलो पटक राम कथा वाचन हुन लागेको श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टरले आयोजना गर्न लागेको धार्मिक कार्यक्रमका संयोजक तथा श्रीहरि सत्संग समिति नेपालका संस्थापक अध्यक्ष बेदप्रकाश अग्रवालले जानकारी दिए । विभिन्न जाति, भाषा, संस्कृति र धर्मका मानिसहरूको बसोबास भएको नेपालमा सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण गर्दै उनीहरूबीच सद्भाव कायम राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए ।

ऊँकार परिवारलाई एकताको सुत्रमा बाँध्न श्रीहरि सत्संग समितिले विभिन्न कार्यक्रमहरु गरिरहेको बिर्तामोड च्याप्टरका अध्यक्ष उमेश डालमियाले जानकारी दिए । सबै जातजातिका मानिसहरूको सहभागिता रहने गरी २५१ सदस्यीय आयोजक समिति गठन गरिएको संरक्षक भगवानदास अग्रवालले बताए ।

कथा वाचन सुश्री संगीता किशोरीले गर्ने समितिका महासचिव बाबुलाल अग्रवालले जानकारी दिए । आगामी २७ मंगलबार विहान ८ बजे बिर्तामोडको दुर्गा मन्दिरदेखि अग्रसेन भवनसम्म शोभायात्रा गरिने उनले बताए । संगीतमय कार्यक्रममा रामलीलापनि प्रदर्शन गरिने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको सहसचिव विजेन्द्र अग्रवालले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर