Aamsanchar

इजरायल माथी हमला गरे पछि इरानले भन्यो, ‘अपराधको जवाफ’

Author Image
आइतवार, वैशाख २, २०८१

तेहरान । इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइलहरू प्रहार गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यसको जानकारी दएिको छ । इजरायलले तेहरानले आक्रमण सुरु गरेको बताएको केही समय पछि इरानले त्यसलाइ स्विकार गरेको हो ।

इजरायलले ड्रोनलाई आफ्नो आकाशमा पुग्न केही घण्टा लाग्ने बताएको छ । सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणमा आईआरजीसीका सात सदस्यको मृत्यु भएको झण्डै दुई सातापछि इरानवाट इजरायलमा आक्रमण गरेको हो ।

‘हामीले सिरियामा रहेको इरानी वाणिज्य दूतावासलाई निशाना बनाउने सियोनवादी संस्थाको अपराधको जवाफमा ड्रोन र मिसाइलहरू प्रयोग गरेर अभियान सुरु गर्यौं,’ आईआरजीसीले एक विज्ञप्तिमा भन्यो, ‘अधिग्रहित क्षेत्रहरूमा विशिष्ट लक्ष्यहरू प्रहार गर्न दर्जनौं मिसाइल र ड्रोनहरू प्रयोग गरी अपरेसन गरिएको थियो।’

शनिबार टेलिभिजन सम्बोधनमा बोल्दै इजरायलको सेनाका प्रवक्ता ड्यानियल हगारीले भने, ‘इरानले आफ्नो क्षेत्रबाट इजरायल राज्यको क्षेत्रतर्फ मानवरहित ड्रोनहरू पठाएको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर