Aamsanchar

नीता र शंकरले ल्याए ’अदभूत माया’  (भिडियो )

Author Image
आइतवार, वैशाख २, २०८१

काठमाडौं । नयाँ वर्ष २०८१ सुरु भए सँगै यसको पूर्वसन्ध्या र नयाँ वर्षको दिन परेर धेरै नेपाली गीतहरू सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एवम् संगीतकार शंकर थापा ’स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत  ’अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ ।

मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा ’स्माइल’ सहकार्यमा गीतहरू सार्वजनिक गरिसकेकी छिन ।

गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त ’स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरू दर्शकको रोजाइमा पर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर