Aamsanchar

मध्य तमोरको विद्युत् कोशी कोरिडोरमा जोडियो

Author Image
सोमवार, वैशाख ३, २०८१

ताप्लेजुङ- ताप्लेजुङस्थित मध्य तमोर जलविद्युत् विद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनको कोशी कोरिडोरमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको तेह्रथुमको वसन्तपुरमा रहेको २२० केभिए क्षमताको कोशी कोरिडोर सबस्टेसनमार्फत मध्य तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

सानिमा मिडिल हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित मध्य तमोर जलविद्युत् आयोजनाको ७३ मेगावाट विद्युत् कोशी कोरिडोर सबस्टेसनमा जडान गरिएको र विद्युत् परीक्षण सफल भएको आयोजनाका प्रबन्धक डाक्टर मणिराज पोखरेलले जानकारी दिनुभयो । डा। पोखरेलका अनुसार नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको उपस्थितिमा मध्य तमोरबाट उत्पादित विद्युत् कोशी कोरिडोरमा जडान गरी परीक्षण गरिएको हो ।

तेह्रथुमको वसन्तपुरस्थित कोशी कोरिडोर सबस्टेसनमार्फत मध्य तमोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा सिङ्क्रोनाइज ९एकीकृत० गरिएको उहाँले जानकारी दिनुभयो । कोशी कोरिडोरमार्फत विद्युत् जडानको परीक्षण कार्य सफल भएसँगै केही दिनबाटै मध्य तमोरको विद्युत् पूर्ण रूपले राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने पनि उहाँको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोर सबस्टेसनमार्फत नै राष्ट्रिय प्रसारण लाइनमा व्यावसायिक जडान हुने आयोजनाले जनाएको छ । आयोजनाका प्रशासन तथा वातावरण प्रमुख अर्विन्द्र श्रेष्ठका अनुसार कोशी कोरिडोर सबस्टेसनसम्म प्रसारण लाइन विस्तारको काम सम्पन्न भएसँगै ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना निर्माण सम्पन्न भएका छन् । अब आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने उहाँले बताउनुभयो ।

यसअघि आयोजनाबाट उत्पादन हुने विद्युत् मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना थियो । कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाँघु सबस्टेसनको क्षमता सुरुमा २२० केभिए भने पनि पछि १३२ केभिए मात्र भएपछि मध्य तमोर आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुरसम्म पु(याएर राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नु परेको हो ।

मध्य तमोर जलविद्युत् आयोजनास्थल भने फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, मिक्वाखोला गाउँपालिका–२, खोक्लिङ तथा फुङ्लिङ नगरपालिकाको वडा ९ हाङ्देवा र १० फुरुम्बु पर्दछ । फुरुम्बुस्थित मित्लुङ क्षेत्रबाट ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी करिब तीन हजार चार सय मिटर लामो सुरुङमार्फत खोक्लिङको थुम्बा बेँसीमा विद्युत्गृह निर्माण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर