Aamsanchar

मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार’ ढकाललाई

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

बिर्तामोड । ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ ।
पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रमकाबीच प्रदान गरिएको हो ।
पूर्ब परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पत्रकार ढकाललाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् ।

वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षको अध्यक्षतामा आयोजित पुरस्कार वितरण सभारोहमा पत्रकार ढकालकी श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल , भाई वुहारी शीला ढकाल लगायतले उक्त पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष विनोद वस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरी, जेसीजका पूर्व अध्यक्ष किरण श्रेष्ठ , राजेन्द्र चम्लागाई, मिजास पोखरेल, विशाल थापा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नव निर्वाचित अध्यक्ष राजु न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।
अशोक चौधरीको संयोजकत्वमा भएको कार्यक्रम महासचिव जनक खड्काले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर