Aamsanchar

वीरता जेसीजमा विकाश बस्नेतको टिमलाई पदभार हस्तान्तरण

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

बिर्तामोड । झापाको बिर्तामोड स्थित वीरता जेसीजको ४३ औं पद हस्तान्तरण भएको छ ।
आज एक समारोहका बिच वर्ष २०२३ का अध्यक्षले वर्ष २०२४ का अध्यक्षलाई जेसीज चेन हस्तान्तरण गरेर पद हस्तान्तर गरिएको हो ।

वीरता जेसीजको सन् २०२४ का लागि अध्यक्षमा विकास बस्नेत, कार्यकारी उपाध्यक्षमा लोकचन्द्र श्रेष्ठ र अमरजीत शाह, महासचिवमा सुमनकुमार पोद्धार, उपाध्यक्षमा सुवास त्रिखत्री, बिज्ञानराज पौडेल, सुशिल थापा, डिकबहादुर गहतराज, कोषाध्यक्षमा टिकाराम खतिवडा, कानुनी सल्लाहकारमा युवराज कुँवर, संयुक्त सचिवमा प्रज्वल बिमली, प्रकरण निर्देशकमा दिपेन धिमाल, तालिम संयोजकमा बाप्पा शाह र जनसम्पर्क अधिकारीमा राज मुखिया चयन भएको कार्यवहाक निर्वाचन आयुक्त विशाल थापाले जानकारी दिए ।

पूर्ब परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम जेसीजमा स्थापना गरिएको चारवटा विधाको कोष मार्फत सम्मान गरिएको थियो । कार्यक्रमकाबीच पत्रकार नरेनद्र ढकाललाई मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् ।
त्यस्तै स्व. दिलिपकुकार शर्मा स्मृति बीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कारबाट हेम खड्का र सक्रिय सदस्य पुरस्कार जेसी अशोककुमार चौधरीलाई प्रदान गरिएको थियो । त्यस्तै दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार टिकाराम खतिवडालाई प्रदान गरिएको छ ।

वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षको अध्यक्षतामा आयोजित पुरस्कार वितरण सभारोहमा पत्रकार ढकालकी श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल, भाई वुहारी शीला ढकाल लगायतले उक्त पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । स्व. दिलिपकुकार शर्मा स्मृति बीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार लव घिमिरेले प्रदान गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष विनोद वस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरी, जेसीजका पूर्व अध्यक्ष किरण श्रेष्ठ, राजेन्द्र चम्लागाई, मिजास पोखरेल, विशाल थापा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नव निर्वाचित अध्यक्ष राजु न्यौपाने लगायतको आतिथ्य रहेको थियो । अशोक चौधरीको संयोजकत्वमा भएको कार्यक्रम महासचिव जनक खड्काले सञ्चालन गरेका थिए ।

जेसीजको विधान अनुसार जनवरी १ भित्रैमा पद हस्तान्तरण हुनु पर्ने हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)