![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240418_125358934.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौँ – गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ । यो रसिलो फल खान त स्वादिलो हुन्छ नै यसको सेवनले ताजगी र शीतलताको अनुभूति पनि गराउँछ । बच्चादेखि बुढाबुढीसम्म हरेक उमेर समूहका मानिसलाई यो फल मन पर्छ । यो फलको स्वाद त मिठो छ नै हाम्रो स्वास्थ्यको लागि पनि यो लाभदायक छ ।तर, खरबुजा खाने बित्तिकै खान नहुने केही चीजहरू पनि छन् । के हुन् ती चिजहरू रु अनि किन खानु हुँदैन आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौँ ।
खरबुजा खाएपछि नखानुस् यी चिजहरू
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
जुनसुकै फलफूल खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन । फलफूल खाए लगत्तै पानी पिउँदा पेटमा एसिडिटीको समस्या हुन सक्छ । फलफूल खाएको आधा घण्टापछि मात्रै पानी पिउनुपर्ने बताइन्छ ।
प्रोटिनको मात्रा धेरै भएका दाल, दही र बदाम जस्ता खानेकुरा खरबुजा खाने बित्तिकै खानु हुन्न । यसो गर्दा पाचन सम्बन्धी समस्या निम्तन सक्छ । त्यसैगरी अण्डालगायत ओमेगा–३ फ्याटी एसिड भरपुर भएका खानेकुरा पनि खरबुजासँग खानु हुँदैन । यसो गर्दा पेट फुल्ने वा कब्जियत हुने हुन सक्छ । तारेको वा भुटेको खानेकुरा यसै पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । तर खरबुजा खानेबित्तिकै यस्ता खानेकुरा खाँदा मुटु वा रक्तनलीसम्बधी समस्या उत्पन्न हुने खतरा बढ्छ ।
गर्मीम धेरै चिसो मानिस खरबुजालाई फ्रिजमा राखेर चिसो बनाएर खान्छन् । तर चिसो पारेर खरबुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्न सक्छ । पेट कराउने वा पाचनसम्बन्धी अन्य समस्याहरू निम्तिन सक्छ । खरबुजा खाए लगत्तै दूध पिउनु पनि हानिकारक हुन सक्छ । खरबुजामा पाइने भिटामिन सी र दूधमा पाइने प्रोटिन मिसिएर पेट फुल्ने समस्या निम्त्याउन सक्छ ।