Aamsanchar

आगो निभाउने क्रममा जलेर दुई जनाको मृ*त्यु

Author Image
शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं –आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटे छन् ।

आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा जलेर रेउसरीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न जाँदा जलेर बीरबहादुरको मृत्यु भएको हो ।

आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही ठाउँ बस्ने जित बहादुर बोटेको कच्ची घर र कच्ची गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर