Aamsanchar

माल्दिभ्सका राष्ट्रपति मुईज्यूको पार्टीलाई संसदीय निर्वाचनमा अत्यधिक बहुमत

Author Image
सोमवार, वैशाख १०, २०८१

काठमाडौं – माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुईज्यूको पार्टीले संसदीय निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको छ।

यसअघि संसदमा अल्पमतमा रहेको मुइज्यूको पार्टीले आइतबार भएको संसदीय निर्वाचनबाट बहुमत हासिल गरेको हो। ९३ संसदीय सिटका लागि भएको निर्वाचनमा मुईज्यूको पार्टी पिपुल्स नेशनल कंग्रेसले ६२ सिटमा जित हासिल गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

थप पाँच सिटमा मुईज्यूकै पार्टीका उम्मेदवार जित नजिक छन्। ३ सय ६८ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचनमा ७२ प्रतिशतभन्दा बढी मत खसेको छ। १२ सयभन्दा बढी टापु मिलेर बनेको हिन्द महासागरीय देश माल्दिभ्समा कुल २ लाख ८४ हजार मतदाता छन्।

निर्वाचनमा त्यहाँको मुख्य विपक्षी दल माल्दिभ्स डेमोक्र्याटलाई पार्टीले १५ सिट जित्ने अनुमान गरिएको छ। भारतविरोधी र चीन निकट छवि बनाएर राष्ट्रपति निर्वाचित भएका मुईज्यूले संसदमा अल्पमत हुँदा सुरुवाती समयमा कयौँ उल्झन झेल्नुपरेको थियो।

यद्यपि आफ्नो भारतविरोधी छवि र गतिविधिलाई भने उनले निरन्तरता दिँदै भारतीय सेनालाई माल्दिभ्स छोड्न आदेश दिएका र्थिए। त्यसयता भारतसँगको उनको सम्बन्ध विग्रिएको छ। मुईज्यू गत वर्षको सेप्टेम्बरमा राष्ट्रपति निर्वाचित भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर