Aamsanchar

आज राजस्थान र मुम्बई खेल्दै

Author Image
सोमवार, वैशाख १०, २०८१

काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थान सात खेलमा छ जित र एक हारसहित १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । मुम्बईले अहिलेसम्म सात खेलमा तीन खेल जितेको छ भने चार खेलमा हार व्यहोरेर छ अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

राजस्थान यस सिजनमासन्जु सामसनको कप्तानीमा खेलिरहेको छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने सन् २०२२ को उपविजेता टिम हो । त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर