Aamsanchar

दैनिक आलस खाँदाका फाइदा

Author Image
सोमवार, वैशाख १०, २०८१

तेल, मसला वा अचारमा छोपका रुपमा भान्सामा प्रयोग गरीन आलस भिटामिन र मिनरयुक्त शक्तिवर्धक आहार पनि हो । यसलाई प्राचीनकालदेखि नै खाद्यपदार्थको रूपमा प्रयोग गरिन्थ्यो भने आयुर्वेदको चरक संहितामा समेत यसको उपयोगबारे उल्लेख छ ।

आलसमा थोरै मात्रामा चिनी, प्रोटिन, क्याल्सियम, पोटासियम, फलाम, जिंक, फास्फोरस समेत पाइन्छ । यसमा कोलेस्ट्रोल र सोडियमको मात्रा अत्यन्त न्यून र रेसा (फाइबर) को मात्रा निकै बढी हुन्छ ।

आलसको तेलमा ग्लिसराइड र अनेक महत्वपूर्ण बोसो भएको अम्ल हुन्छ । यस्तो अम्लमा लिनोलिक र लिनोलेनिक नामक एसिड, पामिटिक, स्टियरिक, ओलिक एसिडको बाहेक मुटुलाई स्वस्थ राख्ने ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसले रक्तनलीमा बोसो जम्मा हुन दिँदैन ।

के के छन् आलस सेवनको फाइदाहरु:
१. आलसमा २७ प्रकारका क्यान्सररोधी तत्व पाइने भएकाले क्यान्सर हुनबाट जोगाउँछ ।
२. पुरुषमा प्रोस्टेट र महिलामा हुने स्तन क्यान्सर रोकथाममा आलस सेवन राम्रो हुन्छ ।
३. आलसको नियमित सेवनले शरीरले ऊर्जा पाउँछ, तनाव हट्छ ।
४. नियमित यसको सेवन गर्दा रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रालाई कम गर्छ ।
५. यसको सेवनले जोर्नीको कडापनलाई हटाउनुका साथै पेटलाई सफा गर्छ ।
६. आलस सेवन गर्नेहरूलाई कब्जियतले सताउँदैन ।
७. आलसको नियमित सेवनले हृदयरोगको खतरा र रक्तचाप नियन्त्रित गर्छ ।
८. आलसको नियमित उपयोगले छालालाई स्वस्थ हुनका साथै सुक्खापना हटाउँछ ।
९. यसको सेवनले कपाल र नङलाई बढाउँछ, साथै तिनलाई स्वस्थ र चम्किलो बनाउँछ ।
१०. आलसले छालाको बढ्दो उमेरको असरलाई समेत कम गर्छ ।
११. आलसको नियमित सेवनले रजोनिवृत्तिसँग सम्बन्धित समस्या समेत कम हुन्छ ।
१२. यसको सेवनले मासिक धर्मको समय हुने दुखाइ कम हुन्छ, गर्भाशयलाई स्वस्थ राख्छ ।

आलस कसरी खाने रु के के बन्छ ?

आलस धेरै किसिमले खान सकिन्छ। यसलाई अंकुराएर खाँदा पनि हुन्छ। आलसको छोप बनाएर पनि खान सकिन्छ। आलु–काँक्रोको अचारमा तिलको साटो आलास मिलाउनु उत्तम मानिन्छ। आलसलाई भिजाएर विभिन्न फलफूलसँग मिसाई लस्सी बनाएर पिउन पनि सकिन्छ।

आलसको सुप पनि अत्यन्त स्वास्थ्यकर मानिन्छ। सलादको ड्रेसिङ बनाएर खाँदा पनि स्वादिस्ट र स्वस्थ्यकर हुन्छ। बर्गरको बन या अन्य ब्रेड बनाउँदा आलसको गेडा हालेर बनाउन सकिन्छ। आलसको तेल प्रयोग गरेर विभिन्न खाना पकाउन सकिन्छ। विभिन्न पिठोमा आलस मिसाएर रोटी पनि बनाउन सकिन्छ। दही र महमा मिसाएर पनि खान सकिन्छ।

आलस मिसाएर विभिन्न कुकिज, लड्डु, मल्टिग्रेन्ड ब्रेड र थेप्ला बनाउन सकिन्छ। आलसलाई पिसेर खानु सजिलो र प्रभावकारी उपाय हो। नपिसेर खाँदा यो पच्दैन (झाडा लाग्ने होइन) र यसको गुणिलो तत्वहरु शरीरले लिन पाउँदैन। पिसेपछि धेरै समय हावामा खुला नराख्नु भनिन्छ।

संभावित असरहरु र लिनुपर्ने सावधानी

कहिल्यै पहिला नखाएकाहरुलाई आलस खाँदा बायु बढ्ने, पेट ढुस्स वा असजिलो हुने, दिसा पातलो हुने, खानामा रुची कम हुने हुन सक्छ । तर खाने बानी बसेपछि यी सबै बिस्तारै ठिक हुन्छ । तथापि धेरै खायो भने हर्मोनमा असंतुलन आउन सक्छ । साथै आलसले रगतलाई पातलो गर्छ । कसैले ‘एस्पीरिन’ जस्ता रगत पातलो गर्ने औषधि खाने गरेका छन् भने आलस नखान सल्लाह दिइन्छ । त्यस्तै, कसैलाई हर्मोन–संवेदनशील ९हर्मोन–सेन्सिटिभ० स्तन वा पाठेघर क्यान्सर छ भने पनि आलस नखानु भन्छ । कसैलाई कोलेस्ट्रोल अत्यधिक भएर कोलेस्ट्रोल घटाउने ओषधि खाइरहेको छ भने आलसलाई डाक्टरको सल्लाह लिएरमात्र खान सुझाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर