Aamsanchar

इटालियन सिरी ‘ए’ को च्याम्पियन बन्यो इन्टर मिलान

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

काठमाण्डौ – इन्टर मिलान यस सिजन ९२०२३–२४० को इटालियन सिरी ‘ए’ फुटबलको च्याम्पियन बनेको छ । मिलानोमा गएराति भएको मिलान डर्वीमा एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले २० औँ पटक सिरी ‘ए’ को उपाधि जितेको छ । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बन्न सफल भयो ।

तालिकामा शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अङ्कले पछि पारेको छ । इन्टरले बाँकी सबै खेलमा हार र मिलानले सबै खेलमा जित निकालेपनि अब उपाधिका लागि कुनै फरक पर्ने छैन । मिलानले १९ औँ पटक यो उपाधि जितेको छ । युभेन्ट्सले कीर्तिमानी ३६ पटक उपाधि जितेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर