Aamsanchar

झापा बुधबारेमा अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने 

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

बिर्तामोड । झापाको बुद्धशान्तिमा अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
यही बैशाख १५ देखि २२  गते सम्म तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।

बुधबारे स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा आदर्श युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताको लागि ८ वटा चर्चित फुटबल क्लबले भाग लिने भएका छन् । उद्घाटन खेल आयोजक आदर्श युवा क्लब र ध्रुवतारा स्पोर्टिङ क्लब बिच हुने भएको छ । प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसी, धरान एफसी, बिर्तामोड युनाइटेड एफसी, नर्थ बंगाल एफसी, रेड हर्स एफसी र बेलबारी एफसी बिच प्रतिष्पर्धा हुने आयोजक समितिका संयोजक मनेश दाहालले जानकारी दिए ।

१० वर्ष पछि आयोजना हुन लागेको फुटबल प्रतियोगिता आयोजनाको भव्य तयारी भइरहेको छ । प्रतियोगितामा विजयी हुने टिमले नगद २ लाख र उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्ने संयोजक दाहालले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न जम्मा २१ लाख ९५ हजार खर्चहुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिका मुख्य प्रायोजक बन्ने भएको छ । त्यसैगरी प्रयोजकमा इन्दिरा फाउण्डेसन रहने निश्चय भएको छ ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता हरेक दिन दिनको ठिक ३ बजेबाट सुरु हुने झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ९मामा० ले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा जनप्रतिनिधि वडाध्यक्ष परशुराम चेम्जोङ, आदर्श युवा क्लबका संस्थापक अध्यक्ष दिनेश प्रसाईँ, बुद्ध आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मनोज तिवारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव दुर्योधन सिंह राजपुत (देव) ले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर