![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240425_125610306.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
अमेरिकाले गोप्य रूपमा दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्न थालेको छ । यी हतियारहरू गएको मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् ।
लामो दूरीको ब्यालेस्टिक मिसाइल यसै महिनादेखि युक्रेन पुग्न थालेपछि रुसी सुरक्षा बलको सामना गर्न गोप्य रूपमा प्रयोगमा आएका बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेनले युक्रेनलाई फेरि ६१ बिलियन डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसक्नुभएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
युक्रेनलाई अमेरिकाले थप हतियार सहयोग गर्ने योजना बनाइरहेको छ । अमेरिकाले यसअघि युक्रेनलाई मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि ठूलो र शक्तिशाली हतियार दिन भने अस्वीकार गरेको थियो । तर अहिले बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई गएको फेब्रुअरीमा गोप्य रूपमा स्वीकृति दिनुभएको खबरमा उल्लेख छ ।
अमेरिकाले युक्रेनलाई कति हतियार पठायो भन्ने यकिन तथ्याङ्क भने छैन ।