काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन ।
त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ ।