Aamsanchar

म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई हरायो

Author Image
सोमवार, वैशाख १७, २०८१

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । सिटीका लागि जोस्को ग्भार्डियोल र एर्लिङ हालान्डले एक–एक गोल गरे । जितसँगै सिटी ३४ खेलमा ७९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रिमियर लिगमा आर्सनल ३५ खेलमा ८० अङ्कसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ७५ अङ्क छ । म्यानचेस्टर सिटी लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । गएराति नै भएको अर्को खेलमा बर्नेमाउथले ब्राइटनलाई ३–० ले हरायो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर