Aamsanchar

वेष्टइण्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ७६ रनले पराजित

Author Image
बुधवार, वैशाख १९, २०८१

काठमाडौं – टी-ट्वेन्टी क्रिकेट श्रृंखलामा वेष्टइण्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ७६ रनले पराजित भएको छ।

२ सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल बाँकी छँदै १ सय ५१ रनमा अलआउट भएको हो।

नेपालका लोकेश बम र करण केसीले समान २८ रनको योगदान गरे। कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४ रन बनाउँदा अरू ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो।

उसका लागि जोन्सन चार्ल्सले शतकीय पारी खेले। ६१ बल खेलेका उनले १३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १ सय १९ रन जोडे।

आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान गरे। फाबियान एलेनले १९, एलिक एथानाजले १७ रन बनाउँदा किमो पोल १३ रनमा अविजित रहे।

नेपालका सागर ढकाल र करण केसीले १-१ विकेट लिए।

जितसँगै पाँच खेलको श्रृंखलामा वेष्टइण्डिजले २-१ को अग्रता बनाएको छ। यसअघि भएका दुई खेलमध्ये दुवै टिमले एक-एक खेल जितेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर