Aamsanchar

चेल्सीले टोटनहमलाई हरायो

Author Image
शुक्रवार, वैशाख २१, २०८१

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल)फुटबलमा चेल्सीले टोटनहम हट्सपुरलाई हराएको छ ।

गए राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीले टोटनहमलाई २–० गोलले हरायो । चेल्सीका ट्रेभो चालोभले २४ औँ र निकोलस ज्याक्सनले ७२ औँ मिनेटमा गोल गरे ।

यो जितसँगै चेल्सी ३४ खेलमा ५१ अङ्कसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । टोटनहम उति नै खेलमा ६० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

टोटनहम र चेल्सी दुवै टोली उपाधि होडबाट बाहिरिइसकेका छन् । यो सिजनमा आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल उपाधि होडमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर