Aamsanchar

क्रिकेटको विश्व​ वरीयतामा नेपालको स्थान खस्कियाे

Author Image
शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं – क्रिकेटको विश्व​ वरीयतामा नेपालको स्थान खस्किएको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले शुक्रबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको टी–२० र एकदिवसीय दुबै वरीयता खस्किएको हो ।

यसअघि टी–२० वरीयताको १६ औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १७ औँ स्थानमा झरेको हो। नेदरल्यान्ड्स १५ औँ स्थानमा यथावत् रहँदा युएई एक स्थान माथि उक्लँदै १६ औं स्थानमा पुगेको छ।

एकदिवसीयतर्फ पनि नेपालको वरीयता दुई स्थान खस्किएको छ। यसअघि १५ औँ स्थानमा रहेको नेपाल १७ औँ स्थानमा झरेको छ।

टी–२० र एकदिवसीयको दुबै वरीयतामा भारत शीर्ष स्थानमा रहँदा टेस्टतर्फ अस्ट्रेलियाले शीर्ष स्थान कब्जा गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर