Aamsanchar

आज मुम्बई र हैदराबाद खेल्ने

Author Image
सोमवार, वैशाख २४, २०८१

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा १० खेल खेलेको हैदरवाद १२ अङ्कसहित चौथो स्थानमा छ । ११ खेल खेलेको मुम्बई ६ अङ्कसहित पुछारमा छ ।

हिजोको खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । त्यस्तै पञ्जाब चेन्नईसँग २८ रनले पराजित भएको थियो । आईपीएलमा १६ अङ्कसहित कोलकाता शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)